arrow

भारतीय संसदमा महिला आरक्षण विधेयक पेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
modi-bjp-2023-09-19.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा महिला आरक्षण विधेयक पेश गरेका छन् । लोकसभाको विशेष सत्रको दोस्रो दिन मंगलबार उनले महिला आरक्षण विधेयक पेश गरेका हुन् । 

आज तेस्रो दिन यो विधेयकमा छलफल हुनेछ । आज स्थानीय समयअनुसार बिहान ११ देखि साँझ ६ बजेसम्म यो विधेयकमा बहस हुने जनाइएको छ । 

यो आरक्षण विधेयकअनुसार लोकसभा र विधानसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण छुट्टाइने छ । यो विधेयक यदि कानून बन्यो भने सन् संसदमा १८१ महिला सांसद हुनेछन् । 

यद्यपि यो कानून सन् २०२४ को चुनावमा भने लागू हुने सम्भावना देखिएको छैन । किनकि जनगणनाको आधार तय गरेरमात्र यो लागू गर्न सम्भव छ । २०२४ को लोकसभा चुनावभन्दा अगाडि जनगणना सम्भव नभएको बताइन्छ । 

अहिले लोकसभामा ८२ महिला सांसद छन् । विधेयक पास भएपछि १८१ सांसद अनिवार्य रुपमा महिला हुनेछन् । 

यो आरक्षण सिधै चुनिने जनप्रतिनिधिका लागि लागू हुनेछ । तर यो राज्यसभा र राज्यहरुको विधान परिषदमा लागू हुने छैन । 

लोकसभामा ५४३ सिटमा १३१ एससी–एसटीका लागि आरक्षित छ । यसको एक तिहाइ अर्थात् ४४ सिट एससी–एसटी महिलाका लागि रहने छ । बाँकी महिलाका लागि १३७ सिट बच्नेछ । 

मोदीको यो रणनीतिले सन् २०२४ को चुनावी माहोल आफूतर्फ ल्याउन थप मद्धत पुग्ने विश्लेषण गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ