arrow

राष्ट्रपतिसँग लोसपाका नेता महतोको भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
Ramchandra-rajendra.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

राष्ट्रपतिसँगको भेटका बारेमा राससलाई जानकारी दिँदै वरिष्ठ नेता महतोले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भएपछि आफ्नो पहिलो भेट भएको र समसामयिक विषयमा छलफल भएको बताए ।

भेटका अवसरमा आफूले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणलगायत कामकारबाहीका सम्बन्धमा धन्यवाद व्यक्त गरेको नेता महतोले बताए । 

राष्ट्रपति पौडेलले छिट्टै जनकपुर भ्रमण गर्ने कार्यक्रम रहेको र त्यसबारे पनि कुराकानी भएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ