arrow

फेरि पनि मोदी विश्वकै सर्वाधिक मन पराइएका नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
g20-modi-2023-09-09.jpeg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता थप बिश्वव्यापी भएको छ । हालै मोदी सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता बनेका छन् ।

‘मर्निङ कन्सल्ट’ले गरेको विश्वव्यापी सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदीले  ७६ प्रतिशत ग्लोबल रेटिङ पाएका छन् । अमेरिकास्थित कन्सल्टेन्सी फर्मले सञ्चालन गर्ने गरेको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’ मा उनलाई ७६ प्रतिशत जनताले प्रधानमन्त्री मोदीको नेतृत्वलाई अनुमोदन गरेका हुन् । 

यसअघिको रेटिङमा पनि प्रधानमन्त्री मोदी शीर्ष स्थानमा नै रहेका थिए । 

सो रेटिङका अनुसार १८ प्रतिशतले जनताले उनको नेतृत्वलाई अस्वीकार गर्दै असन्तुष्ट जनाएका छन् । ६ प्रतिशतले भने उनका बारेमा कुनै पनि राय दिएका छैनन् ।

यसैगरी विश्वब्यापी सर्वेक्षणको दोस्रो स्थानमा स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेर्सेट जनता माझ लोकप्रिय देखिएका छन् । उनलाई ६४ प्रतिशत जनताले मनपराएका छन् भने मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई ६१ प्रतिशत जनताले मन पराएको सर्वेक्षणमा देखिएको छ ।

साथै, अमेरिकी राष्ट्रपति जो बाइडेनको विपक्षमा ६० प्रतिशत जनता रहेको देखिएको छ भने ४० प्रतिशतले मात्रै उनलाई मन पराएका छन् । 

उता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ३७ प्रतिशतले मन पराउँदा बेलायतका प्रधानमन्त्री ऋषि सुनक भने २७ प्रतिशतमा सीमित भएका छन् । 

बहुसंख्यक जनताले बेलायती प्रधानमन्त्री सुनकलाई अस्वीकार गरे झैँ फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको पनि हालत उस्तै देखिएको छ । उनलाई त झन् २४ प्रतिशत जनताले मात्रै अनुमोदन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ