arrow

डेंगी संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
dangue.jpg

सङ्खुवासभा । सङ्खुवासभामा डेंगी संक्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेंगी संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । 

रेडक्रसले आगामी नोभेम्बरसम्म डेंगीविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेंगीको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए । 

यसका साथै रेडक्रसले डेंगी नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेंगी संक्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो । 

सङ्खुवासभामा साउनयता डेंगी सङ्कमितको सङ्ख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेंगी संक्रमण फैलिएको छ । “भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेंगी संक्रमित देखिएका छैनन्”, उनले भने । सबैभन्दा बढी संक्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ