arrow

क्यान्सर अस्पतालमा २९ हजार बिरामीले सेवा लिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
Sushil Koirala cancer hospital.jpg

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन् ।

क्यान्सर अस्पताल विकास समितिले आज खजुरामा आयोजना गरेको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले सो जानकारी दिएका हुन् ।

मुठी दान गरेर सङ्घीय अस्पतालका रूपमा विसं २०७५ मा स्थापना भएको उक्त अस्पतालमा हालै रक्त क्यान्सरका लागि भिन्नै वार्ड स्थापना भएको र अहिले दुई बिरामीको उपचार भइरहेको जानकारी दिँदै उनले फोक्सो, कलेजो, मिर्गौला, रक्त क्यान्सर, थाइराइड क्यान्सरलगायतका रोगका औषधि निःशुल्क उपलब्ध भएको र म्याक्स फाउण्डेसनले छ प्रकारका औषधि दिइरेहको बताए ।

नेपाल सरकारबाट प्राप्त भएको छ करोड पूँजीगत र चालु चार करोडबाट वृद्धि भएर आव ०८०/८१ मा पूँजीगततर्फ १५ करोड र चालुतर्फ १० करोड गरी २५ करोड बजेट पुर्याइएको अस्पतालले उल्लेख गरेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन प्रदेशका स्थानीयवासीले सेवा लिएको सो अस्पतालमा क्यान्सरको उपचारका क्रममा लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान गर्ने सेवा शुल्कको ५० प्रतिशत अस्पतालले बेहोर्ने गरी छुटसमेत भएको अस्पताल विकास समितिले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा चिकित्सकसहित चार सय नौ कर्मचारी स्वीकृतिका लागि पठाइएकामा ओएन्डएम स्वीकृत नभएकाले पाँच वर्षदेखि अस्पताल अस्थायी चिकित्सक र कर्मचारीको भरमा सञ्चालन गर्न बाध्य भएको उनले बताए ।

‘जनताले गुणस्तरीय सेवाको अपेक्षा राख्नुहुन्छ तर हाम्रो सेवा सञ्चालनमा जटिलता देखिएको छ’, उनले भने ।

अस्पतालमा अस्थायी विशेषज्ञ चिकित्सकको सङ्ख्या कूल १५ मध्ये दुई जना काजमा रहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ