arrow

साउद अमेरिकामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
saud-usa.jpg

वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क आइपुगेका छन् ।

मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरेका थिए ।

न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री साउदले आजदेखि राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनेछन् ।

गत सेप्टेम्बर ५ देखि सुरु भएको वार्षिक महासभामा विश्वभरका उच्चस्तरका नेताहरुले सेप्टेम्बर १९ तारिखदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

यसपटकको महासभालाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसपटक विश्वभरका नेताहरुले सद्भावको पुनःनिर्माण प्रारम्भ र विश्वव्यापी ऐक्यबद्धताः सन् २०३० को एजेण्डाको दु्रतगतिमा कार्यान्वयन र यसको दिगो विकास लक्ष्यतर्फ शान्ति, समृद्धि, प्रगति र सबैका लागि दिगोपन भन्ने मूल नारा तय गरिएको छ ।

यही सिलसिलामा सेप्टेम्बर १८ र १९ तारिखको दिन दिगो विकाससम्बन्धी सम्मेलन हुनेछ ।

२० तारिखको दिन विकासका लागि वित्तीय परिचलानका विषयमा उच्चस्तरीय संवाद हुनेछ ।

सोही दिन जलवायु परिवर्तनसम्बन्धी सम्मेलनसमेत हुनेछ ।

यस सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले विश्वभरबाट महासभामा भाग लिन आएका सरकारी, गैरसकारी, व्यावसायिक, नागरिक समाजका प्रतिनिधिलाई जलवायु असरका बारेमा सम्बोधन गर्नेछन् ।

यसैगरी २० तारिखकै दिन महामारी नियन्त्रण, पूर्वतयारी र उत्तरदायी विषयमा समेत छलफल हुने कार्यक्रम रहेको छ ।

राष्ट्रसङ्घले दिएको जानकारीअनुसार यसपटकको महासभामा मुख्य कार्यक्रममा भविष्यका लागि मन्त्रिस्तरीय सम्मेलन, युनिभर्सल हेल्थ कभरेज, क्षयरोगविरुद्धको लडाईंका विषयमा छलफल हुने जनाइएको छ ।

यी कार्यक्रममा नेपालले मन्त्रिस्तरीय, प्रधानमन्त्री स्तरीयरुपमा सहभागिता जनाउनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ