arrow

टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
sipradi-launch-event-daraz.jpg

काठमाडौँ। टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालि र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ र अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ।

काठमाडौँ स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा  सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिति र काठमाडौँ उपत्यका भित्रका खुद्रा बिक्रेताहरू अनि देशभरका टाटा गुरुहरूको उपस्थितिमा सिप्रदी अटोपार्टस् प्रालिका  सिनियर जेनरल म्यानेजर  युवराज बुढाथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नवीन रानामगरबीच सहमति र सहकार्य को सम्झौता भएको हो।

अब टाटा मोटर्सका ग्राहकहरूले छिटो छरितो र सहज रूपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन्। यसबाट ग्राहकहरू नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मूल्यमा जेन्युइन पार्टस्हरू प्राप्त  गर्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ