काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । नेम्वाङको पार्थिव शरीर राष्ट्रिय सम्मानसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकाल्नका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
शिक्षण अस्पताल पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठक बसेर निर्णय गर्ने भन्दै बैठकका लागि बाहिरिएका छन् ।नेम्वाङको पार्थिव शरीर एमालेले निकालेर पार्टी मुख्यालय च्यासल ल्याउन लागेपछि नारायणकाजीले रोकेका हुन् ।
राष्ट्रिय सम्मानसहित निकालिने भयो भने उक्त पार्थिव शरीरको जिम्मा सरकारले लिनेछ ।
यसअघि बिहान ७ बजेदेखि नै च्यासलमा पार्थिव शरीर राखिने बताइए पनि ढिलाइ भएको छ ।
नेम्वाङको गएराति हृदयाघातबाट निधन भएको हो । हिजो उनलाई सामान्य ज्वरोसमेत आएको थियो ।