arrow

 वीपी कोइराला सामान्तवादविरुद्ध लडिरहन्थेः आनन्दकुमार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
anandakumar-jnu-.jpg

काठमाडौँ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का प्राध्यापक आनन्दकुमारले समाजवादी नेता वीपी कोइराला जीवनभर सामान्तवादविरुद्ध लडिरहेको बताएका छन् ।

आइतबारदेखि नेपाली कांग्रेसको मुख्यालय वीपीनगर सानेपामा जारी ‘वीपी साहित्य सम्मेलन –२०८०’ को दोश्रो दिन माक्र्स, गान्धी एण्ड वीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा विचार प्रस्तुत गर्दै कुमारले वीपीले पूँजीवादविरुद्ध डण्डी चलाएको बताए ।

उनले पूँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको भन्दै कम्युनिष्टहरुले पूँजीवादमा पार्टी संचालन गरिरहेको बताए । 

‘लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ ।, जसले गर्दा भारतमा भन्दा नेपालमा एक स्टेप अघि रहेको छ’, प्रा.आनन्दकुमारले भने ।  

जातिविहिन समाज समाजवादमा मात्र सम्भव हुने बताउँदै उनले उदाहरणका लागि प्रदीप गिरीको आश्रममा देखेको भन्दै उनले घरमा भान्से दलित समुदायको व्यक्ति राखेर देखाएको बताए । 

उनले राजनीतिमा द्रूत एक्सन र धैर्यता दुवै वीपीमा रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ