arrow

जी-२० मा बाँदर धपाउन खटिएका थिए कर्मचारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
monkey-g-20.JPG

काठमाडौं ।  युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० सम्मेलन हिजो सकिएको छ । भारतमा आयोजित सम्मेलन भर अतिथिहरूको आवास गृह तथा अन्य स्थानमा बाँदरले आतङ्क नमचा‌ओस भनेर बाँदर भगाउन मानिसहरू खटाइएको थियो । 

बाँदर भगाउन लङ्गुरको आवाज निकाल्ने डमी राखिएको थियो ।   लङ्गुरको आवाजबाट बाँदर डराउने भएकाले सो उपाय लगाइएको थियो । 

 त्यसमा ४२  वर्ष गुल खान बाँदर धपाउने काममा लागेका थिए । उनी २३ वर्षदेखि दिल्लीमा बाँदरलाई निर्मूल पार्ने काम गरिरहेका छन् । जी-२० शिखर सम्मेलनमा पनि उनले सोही जिम्मेवारी पाएका थिए। शिखर सम्मेलन स्थल प्रगति मैदान वरपरको इण्डिया गेट, लाल किल्ला, दत्तवा पथ लगायतका क्षेत्रमा धेरै बाँदरहरू छन्। 

जी-२० शिखर सम्मेलनको समयान्तर मन्तर, संसद भवन, इन्डिया गेट, लाल किल्ला, चाणक्य पुरी वरपर रहेका बाँदर धपाइएको थियो। सबै प्रमुख मन्त्रालयहरू, सरकारी विभागहरू र भिभिआइपीहरूको घरहरू यी क्षेत्रमा छन्। 

क्षेत्र अनुसार एक देखि तीन जना बाँदर धपाउन मानिसहरू तैनाथ गरिएको थियो। बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ड्युटी समय तोकिएको थियो । सरकारले उनीहरूलाई मासिक २० हजार भारतीय रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ । 

आवास र शहरी विकास मन्त्रीले सरकारी भवनहरू बरपारि ४० जना यस्ता व्यक्तिहरू काम गरिरहेको बताएका थिए ।  

उनीहरूले  लङ्गुरको आवाज निकालेर बाँदरलाई भगाउँछन्। यदि यो विधिले काम गरेन भने अधिकारीहरूले रबर बुलेट प्रयोग गर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ