arrow

भारतको बढ्दो कद र शक्तिको मानक बनेर सकियो दिल्ली जी–२० 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
g20-india-2023-final.jpg

काठमाडौँ । भारतले जी–२० शिखर सम्मेलन भव्यपूर्वक सम्पन्न गर्दै इतिहास रचेको छ । यो सम्मेलनले दिएको सन्देशले पनि यसलाई ऐतिहासिक मानिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वाककला र जादूमयी प्रतिभाका कारण नै रुस–युक्रेनको युद्धले प्रभावित हुन सक्ने आँकलनविरुद्ध संयुक्त रुपमा पहिलो दिन नै घोषणापत्र जारी गरियो । 

जबकि सन् २०२२ को जी–२० सम्मेलनको आयोजना गरेको इन्डोनेसियाले निश्चित गति लिन सकेको थिएन । मोदीले यसपालि १० बढी राष्ट्राध्यक्षसँग द्धिपक्षीय छलफल गरे । तीमध्ये भारत, युरोप र मध्यपूर्वको आर्थिक करिडोर सम्झौता सबैभन्दा महत्वपूर्ण मानिएको छ । 

यसबाहेक करिब तीन वर्षपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबीच मोदीको उपस्थितिमा भएको भेटघाटलाई पनि ठूलो उपलब्धिका रुपमा लिइएको छ । 
    
संयुक्त दिल्ली घोषणापत्रः संयुक्त रुपमा साझा ‘दिल्ली घोषणापत्र’ जारी हुनु भारतको सबैभन्दा ठूलो जित हो । यसका लागि मोदीले व्यक्तिगत रुपमै निकै मेहनत गरेका थिए । सबै सदस्य देशहरुले सहमति गरेर दिल्ली घोषणापत्र जारी भएको हो । 

युक्रेन मुद्दामा सहमति बनाउन भारतीय टिमले निकै नै मेहनत गरेको थियो । शुरुआतमा यसमा निकै नै तनाव सिर्जना भएको भए पनि मोदीले विश्वका शीर्ष नेताहरुसँग व्यक्तित्व प्रदर्शन गर्दै यसलाई सुल्झाएका थिए । मोदीको स्पष्ट विचार थियो कि युक्रेन मुद्दाको असर अर्को विशेष मुद्दामा पर्नुहुन्न । 
    
भारत, युरोप र मध्यपूर्व आर्थिक करिडोरः विश्वका कयौँ गरिब देशहरुलाई ऋण दिएर ‘ऋण जाल’ मा फसाउने चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत युरोपसम्म व्यापार मार्ग बनाउने सपना देखिरहेको छ । यसको मेगा प्रोजेक्टको एक अहम् हिस्सा पाकिस्तानमा रहेको छ । यसलाई चाइना–पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) भनिन्छ । 

यसको जवाफमा भारत, युरोप र मध्यपूर्व इकोनोमिक करिडोर बन्ने सहमति भएको छ । यसमा भारत, यूएई, साउदी अरेबिया, युरोपियन युनियन, इटाली, जर्मनी, फ्रान्स र अमेरिका सामेल रहेका छन् । छिट्टै थप अरु देश पनि सहभागी हुने दाबी गरिएको छ । यसमा सडक, रेल र समुद्र जोडिने छ । 

द्धिपक्षीय वार्ताः अमेरिकी राष्ट्रपति जो बाइडेन तथा बेलायती प्रधानमन्त्री ऋषि सुनकसहित दश बढी राष्ट्रका राष्ट्राध्यक्षहरुसँग मोदीले गरेको द्धिपक्षीय वार्तालाई अहम् मानिएको छ । यो जी–२० को प्लाटफर्ममै सम्भव थियो । 

बेलायतसँगको समुद्री व्यापार सम्झौता र अमेरिकासँग भएका कयौँ सम्झौतामाथि छिट्टै नतिजामा पुगिने पनि जनाइएको छ । 
अफ्रिकी युनियनलाई सदस्यताः अफ्रिकी युनियनका ५५ देश (अफ्रिकी संघ) लाई नयाँ सदस्य बनाएसँगै मोदीको उचाइ अझ बढेको छ । 

मोदीले नै अफ्रिकी संघलाई नयाँ सदस्य बनाउन विशेष पहल गरेका थिए । 

उनले इन्डोनेसिया सम्मेलनमै अफ्रिकी युनियनका अध्यक्ष (त्यतिबेलाका सेनेगलका राष्ट्रपति) लाई जी–२० मा सदस्यता दिलाउने वाचा गरेका थिए । सो पूरा गर्न मोदी सफल भए । 

ग्लोबल साउथः ग्लोबल साउथ निकै पुरानो शब्द हो । तर यसको प्रयोग हालका दिनमा बढी नै भइरहेको छ । ग्लोबल साउथमा गरिब या कम विकसित देशहरु पर्छन् । 

यो जी–२० ले विश्वका गरिब या कम विकसित देशलाई पनि समेटेर लैजाने लक्ष्य लिनु मोदीका लागि विश्वको सबैभन्दा उच्च नेतामा राख्नलाई थप मद्दत गरेको छ । 

जी–२० लाई विवादको अखडा नबनाउन भातरको जोडः जी–२० शिखर सम्मेलनलाई कुनै पनि विवादको अखडा नबनाउन भारतले शुरुआतदेखि नै जोड गर्यो । 

जब युक्रेन मुद्दामा संयुक्त घोषणपत्र अड्कियो तब भारतीय टिमले जी–२० कुनै विवादको अखडा बन्नु नहुनेमा जोड दियो । यसलाई सम्झाउन पनि सफल भयो । जसका कारण दिल्ली जी–२० को पहिलो दिन नै संयुक्त घोषणापत्र जारी गर्न सफल भयो । 

३७ पृष्ठ लामो ८३ अनुच्छेद रहेको दिल्ली घोषणापत्रलाई अहम् मानिएको छ । अहिलेसम्मकै जी–२० सम्मेलनको सफल घोषणापत्र पनि मानिएको छ । 

मोदीको ‘बसुधैव कुटुम्बकम्’ सूत्रः नरेन्द्र मोदीले केबल जी–२० मा जोडिएका देशलाई मात्र हैन सिंगै पृथ्वीलाई नै समेट्न बनाएको योजना निकै नै प्रशंसायोग्य छ । 

उनले ल्याएको ‘एक पृथ्वी, एक परिवार, एक भविष्य’ (वन अर्थ, वन फेमेली, वन फ्युचर) को अवधारणालाई धेरैले सराएका छन् । 

मोदीको एउटै भनाइ छ कि – कोही पछाडि नपरुन् । कोही मुस्किलमा नरहुन् । कसैलाई विपद् परे सबैले साथ दिएर त्यसलाई पार लगाउनु पर्नेमा जोड दिए । 

मोदीले सोही क्रममा उदाहरणीय बन्दै २१ सय बढीको ज्यान लिएको मोरक्को भूकम्पको उद्दार कार्यलाई सघाउने ऐक्यवद्धता जनाएका थिए । हरेकलाई परेको विपद्मा एकजुट हुन उनले सन्देशसमेत दिए । 

समग्रमा जी–२० को १८ औँ शिखर सम्मेलनमा आर्थिक सहयोग, खाद्य, ऊर्जा सुरक्षा, जीवनयापनको समस्या सुल्झाउने तथा सहयोग बढाउने विषयमा जोडिएका कयौँ मुद्दामा सहमति हासिल गर्दै ‘दिल्ली घोषणापत्र’ जारी हुनु  भारतका लागि ठूलो सफलता हो । 

यसमार्फत भारतले जी–२० लाई आफ्नो लक्ष्य हासिल गर्ने सही दिशामा हिँडाउन अहम् योगदान दिएको छ । भारतको दृष्टिकोणबाट हेर्दा कयौँ सफलता हासिल भएका छन् । 

जसमा जी–२० मा हावी हुने चीनको प्रयास असफल भएको छ । चीनको यो प्रयासलाई रोक्न भारतले खेलेको भूमिका अहम् मानिएको छ । 

त्यसैगरी जी–२० को साझा अवधारणामा छाप छोड्न पनि भारत सफल भएको छ । जी–२० का समस्या देखाएर त्यसको समाधान गर्ने बाटो पनि भारतले नै देखाएर आफ्नो भूमिका अहम् रहेको प्रभाव विश्वका शक्तिशाली नेताहरुमाथि पार्न सफल भएको छ । 

शिखर सम्मेलनको सम्मेलनकै पहिलो दिन साझा घोषणापत्रमा सहमति कहिँ कतै भएको थिएन । प्रायः समापनकै दिन साझा घोषणापत्र जारी हुन्छ । तर मोदीले त्यो चमत्कार देखाइदिए जसका कारण भारतको कद बढेको छ भने विश्वमा शक्तिको मानक कायम गर्न सफल भएको छ । 

यो मोदीको कूटनीतिले नै सफल भएको हो । यही कूटनीतिले नै विश्व राजनीतिलाई मोदीले हरेक मानिसमा पुर्याउन सफल भएका छन् । 

एक वर्षभित्रको अवधिमा ५० भन्दा बढी शहरमा २०० भन्दा बढी जी–२० का बैठक आयोजना गरेर मोदी सरकारले देशवासीलाई भारतीय कूटनीतिक योगदानको सम्झाउने प्रयास गर्यो नै विश्वमा अलग–अलग देशबाट आएका हजारौँ प्रतिनिधिलाई भारतको वास्तविक तागत देखाउने मामलामा पनि सफलता हासिल गरेको छ । 

पूर्वीय दर्शनलाई जी–२० मा सामेल गरेर बसुधैव कुटुम्बकम्को सिद्धान्त जोडेका मोदीले जसरी बंगलादेशलाई संँगसँगै लिएर हिँडे त्यसरी नै आगामी दिनमा पनि उनले थप सशक्त भूमिका खेल्नेमा दुई मत नभएको विश्लेषकहरु बताउँछन् । 

मोदीको जबरजस्त विश्व जोड्ने कलाप्रति नतमस्तक हुँदै शक्तिशाली देश अमेरिकी राष्ट्रपति जो बाइडेनसहितका सबै नेताहरु आ–आफ्नो देश फर्केका छन् । 

योसँगै मोदीले आफूलाई जबरजस्त ‘विश्वब्यापी नेता’ स्थापित गर्न सफल भएका छन् । साथै उनले भारतलई सन् २०४७ सम्म विकसित देश बनाउने र तेस्रो ठूलो अर्थतन्त्र मुलुक बनाउने योजनालाई पनि सँगसँगै लिएर अगाडि बढेका छन् । 

मोदीले जी–२० को अध्यक्षता ब्रजिलका राष्ट्रपति लुला डा सिल्भालाई सुम्पिएसँगै अब ब्रजिलले अफ्रिकी संघ जोडिएको जी–२१ को आयोजना गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ