arrow

जी–२० सम्मेलनः रुस भन्छ –एकताको भावना प्रवर्द्धन गर्न सफल भयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
sergei-lavarov-russian-foreign-minister-2023.jpg

नयाँदिल्ली । रूसले नयाँदिल्ली शिखर बैठकबाट करिब एक सय देशमा सदस्यता विस्तार गरेको अन्तरसरकारी सङ्गठन जी–२० को १८ औँ शिखर बैठक औद्योगिक एवं आर्थिक रुपमा कम विकसित देशबीच एकता र सहकार्यको भावना प्रवर्द्धन गर्न सफल भएको बताएको छ । 

रूसी विदेश मन्त्री सेर्गेई लाभरोभले जी–२० को इतिहासमा पहिलो पटक औद्योगिक  एवं आर्थिक विकासको बाटोमा विस्तारै अग्रसर भइरहेका देशलाई वास्तवमै एकताबद्ध गर्न समूहको नयाँदिल्ली शिखर सम्मेलन सफल भएको बताए । 

भारतको सक्रिय अध्यक्षतामा पहिलोपटक ग्लोबल साउथका मुलुकलाई एकताबद्ध गर्न सफलता मिलेको उनले शिखर सम्मेलनको समापनपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बताए । 

विदेशमन्त्री लाभरोभले स्पष्ट र समतामूलक विकास एवं सन्तुलनका लागि प्रयास गर्न घोषणापत्रमा जोड दिइएकामा त्यसको सराहना गर्दै पश्चिमा देशहरूले जलवायु परिवर्तनसँग जुध्न आर्थिक सहायता जुटाउन गरेका प्रतिबद्धताको पूर्णरुपमा पालना नगरेको आरोप लगाए । 

ब्रिक्सका साझेदार ब्रजिल, भारत, चीन, दक्षिण अफ्रिका विशेष रूपमा सक्रिय रहेका बताउँदै उनले आर्थिक विकासमा पछि परेका देशलाई अब सहकार्य गर्न सहज हुने विचार व्यक्त गरे । 

पश्चिमा जगत्ले पनि धेरै पहिले जलवायु परिवर्तनका नकारात्मक परिणामहरूको सामना गर्न वार्षिक एक सय अर्ब अमेरिकी डलर उपलब्ध गराउने  वाचा गरेको तर त्यसमा केही प्रगति भएको छैन । 

यद्यपि विश्वव्यापी अर्थतन्त्रमा सन्तुलन कायम गर्न दीर्घकालीन प्रतिवद्धताअनुसार गर्नुपर्ने काम घोषणापत्रमा उल्लेख गरिएकामा त्यसको प्रशंसा गरे । 

उनले आगामी नोभेम्बरको अन्त्यमा नयाँदिल्ली शिखर बैठकमा प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय आर्थिक सहयोगका विषयबारे छलफल गर्न भारतका प्रधानमन्त्रीबाट भएको प्रस्तावप्रति समर्थन जनाउँदै त्यो हिजो र आज भएका सम्झौता कार्यान्वयनको समीक्षा गर्ने अवसर हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ