arrow

जी-२० शिखर सम्मेलन

राष्ट्रपति मुर्मूले दिइन् शाकाहारी रात्रीभोज, कोदोका परिकार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
modi-dinner.jpg

काठमाडौं । जी-२० शिखर सम्मेलनका लागि भारत आएका विदेशी पाहुनाहरूको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले रात्रीभोजको आयोजना गरेकी छन् । 

विदेशी पाहुनाहरूका लागि राष्ट्रपति मुर्मूले शाकाहारी भोजनको व्यवस्था गरेकी हून् । 

गत राति आयोजना गरिएको रात्री भोजमा राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी लगायतका अतिथि रहेका थिए । 

मुर्मूले दिएको रात्रीभोजका मेनुमा सबै शाकाहारी व्यञ्जनहरू समावेश भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

मेनुमा पनि राष्ट्रपतिको सट्टा भारतको राष्ट्रपति लेखिएको थियो। 

मेनु भारतको परम्परा, रीतिरिवाज र विविधतालाई ध्यानमा राखेर तयार गरिएको थियो।

रात्रीभोज मेनु समेत वसुधैव कुटुम्बकमको भावनामा समर्पित थियो।

 कश्मीरी कहवा, दार्जिलिङ चिया, मुम्बई पाव, फिग-पीच मुरब्बालगायत देशका धेरै प्रसिद्ध परिकारहरू यसमा समावेश थिए। 

मेनुमा कोदोबाट बनेको परिकार पनि समावेश गरिएको थियो।

सो समय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्री सुनक र उनकी पत्नी अक्षतालाई नालंदा विश्वविद्यालयको इतिहासबारे जानकारी समेत गराएका थिए।

रात्रीभोजमा भारतका विभिन्न राज्यका राज्य प्रमुख, प्रतिनिधि, मुख्यमन्त्री, केन्द्रीय र राज्यमन्त्रीलगायत करिब तीन सय व्यक्ति सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ