arrow

जी–२० शिखर सम्मेलनः पहिलो दिन नै दिल्ली घोषणापत्र जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
g-20-india-2023-09-23-c.jpg

काठमाडौँ । भारतको नयाँदिल्लीमा जारी जी–२० शिखर सम्मेलनको पहिलो दिनमै साझा घोषणापत्रमा सहमति भएको छ । शनिबारको दोस्रो सत्रको शुरुआतमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षको हैसियतमा सहमतिमा नयाँ दिल्ली घोषणापत्र पारित गर्न सफल भएका हुन् । 

उक्त घोषणापत्र पारित भएपछि भारतीय विदेशमन्त्री एस जयशंकरले सहभागी सबै देशले दिल्ली घोषणापत्र पारित गरेको जानकारी दिए । सबै नेताहरुले जी–२० राजनीतिक मुद्दामा छलफल गर्ने प्लेटफर्म नरहेकोसमेत स्वीकारेका छन् । 

तर अर्थव्यवस्थासँग जोडिएका महत्वपूर्ण मुद्दामा भने छलफल भएको छ । यो घोषणापत्रमा रुस–युक्रेन युद्धको विषय चार पटक उठाइएको छ । 

साझा घोषणापत्रमा सबै देशको सहमति यसकारण विशेष छ कि सन् २०२२ को नोभेम्बरमा इन्डोनेसियामा भएको जी–२० सम्मेलनमा रुस–युक्रेन विषयलाई लिएर सदस्य देशहरुबीच सहमति बन्न पाएको थिएन । 

त्यतिबेला रुस र चीनले यो युद्धबारे आफूलाई अलग राखेका थिए । सोही कारण घोषणापत्रका बेलामा दुवै देशले लिखित असहमति राखेका थिए । 

के छ ३७ पृष्ठको घोषणापत्रमा ? 
दिल्ली घोषणापत्रमा ३७ पृष्ठ रहेका छन् । जसमा ८३ अनुच्छेद छन् । यो घोषणापत्रअनुसार सबै देशले दिगो विकासको लक्ष्यअनुसार काम गर्नेछन् । भारतको पहलमा ‘वन फ्युचर अलायन्स’ बनाइने छ । 

सबै देशले संयुक्त राष्ट्र संघको बडापत्रअनुसार काम गर्नुपर्नेछ । त्यस्तै ‘बायो फुयुल अलायन्स’ बनाइने छ । यसका लागि चाहिने कोषमा भारत, अमेरिका र ब्रजिलले सघाउने छन् । 

‘एक संसार, एक परिवार, एक भविष्य’ मा जोड दिएर सबैले मिलेर काम गर्नेछन् । ‘ग्लोबल साउथ’ लाई प्राथमिकता दिएर काम गरिने छ । 

क्रिप्टोकरेन्सीलाई लिएर एक ग्लोबल पोलिसी बनाउने बारेमा छलफल हुनेछ । ऋणलाई लिएर उत्कृष्टा व्यवस्था बनाउन भारतले साझा अवधारणा बनाउने बारेमा जोड दिएको छ । 

विश्वमा तीव्र गतिमा विकास गर्ने शहरहरुलाई कोष सहयोग गरिने भएको छ । 

सबै देश आतंकवादको हरेक रुपप्रति आलोचना गरेर त्यसविरुद्ध एकजुट हुने भएका छन् । आतंकवादबारे घोषणापत्रमा नौ पटक प्रसङ्ग जोडिएको छ । 

भारतको प्रस्तावकै कारण अफ्रिी युनियनलाई जी–२० को स्थायी सदस्य बनाउने प्रस्ताव राखेकामा सर्वसम्मत स्वीकृत भएको छ । 

कार्यक्रममा मोदीले उद्घाटन भाषण गर्दै मोरक्कोमा भएको भूकम्पमा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले दुःखद घडीमा आफूहरु मोरक्कोका नागरिकको साथमा रहेको र सकेसम्म मद्धत गर्ने बताए । 

उनले कोरोनापछि विश्वमा विश्वासको संकट पैदा भएको बताए । युद्धले यो संकटलाई अझै गहिरो बनाएको बताए । उनले जब कोरोनालाई त हराउन सक्छौँ भने आपसी चर्चा गरेर विश्वासको संकटलाई पनि भगाउन सक्ने बताए । सबै मिलेर अगाडि बढ्ने समय भएको पनि मोदीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ