arrow

जी–२० मा ऋषि सुनक, भन्छन् –हिन्दू हुनुमा गर्व गर्छु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
narendra-modi-rishi-sunak.jpg

नयाँ दिल्ली । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भारतमा न्यानो स्वागत गरिएको छ । उनी श्रीमतीसहित भारत आइपुगेका हुन् । 

नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिएका छन् । 

एक सन्दर्भमा उनलाई हिन्दू धर्मको बारेमा प्रश्न सोध्दा उनले निकै उत्साही हुँदै भने,  ‘म हिन्दू हुनुमा गर्व गर्छु ।’ 

उनले जी–२० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गरेका छन् ।

बेलायतका प्रधानमन्त्री सुनक जी– २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुगेका हुन् । 

एएनआईसँग कुरा गर्दै उनले हिन्दू धर्मसँगको आफ्नो सम्बन्धमा भने,  ‘म हिन्दू हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु । म यस्तै छु । आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ