arrow

शम्शेरगञ्जमा बस दुर्घटना, सात जनाको मृत्यु, ३४ घाइतेमध्ये केही गम्भीर

logo
सौरभ गिरी, 
प्रकाशित २०८० भदौ २३ शनिबार
bus-accident-bake-2080-05-23.jpg

नेपालगञ्ज । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगञ्जमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बस रोकिराखिएको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको इलाका प्रहरी कोहलपुरले जनाएको छ । 

दुर्घटनामा ३४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। हालसम्म दुर्घटनामा मृत्यु हुनेमा ३ जना महिला र ४ पुरुष रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा ननगरपालिका ९  का कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, गोविन्द ठकुरी रहेका छन्  भने एक जना मृतकको पहिचान हुन नसकेको कोहलपुर प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाका घाइतेहरूको ३३ जनाको नेपालगञ्व मेडिकल कलेज कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पतालमा उपचाररत केही घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ।

 बर्दिया ठाकुरबाबा नगरपालिका(९ बेतहनीबाट सामुदायिक वन समूहको टोली दाङ भ्रमणबाट फर्किदै गर्दा ४१ जना यात्रु सवार ना ७ ख २३२१  बस  शम्शेरगन्जमा रोकिराखेको  ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँएर गएराति दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो भने २ को उपचारका क्रममा मृत्युु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ