arrow

पाकिस्तानी प्रिन्सिपल ४५ महिला र छात्रामाथि यौन दुर्व्यवहार आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
arrest1.jpg
तस्बिर – फाइल ।

कराँची । पाकिस्तानमा एक प्रिन्सिपलले ४५ महिला तथा छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको खुलेको छ । 

कराँची शहरबाट बलात्कारी प्रिन्सिपल इरफान गफुर मेमनले दिएको पीडा र यातानाको खबर बाहिर आएसँगै उनको कर्तुत खुलासा भएको हो । 

 समाचार अनुसार ४५ महिलासँग ब्लाकमेल र केहीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका छन् । उनको मोबाइलबाट कैयौँ महिलाको भिडियो पनि फेला परेको छ, जुन विद्यालयको सीसीटीभीमा कैद भएको थियो ।

विद्यालयमा केही क्यामेरा लुकाएर राखेका थिए, जसमा रेकर्डिङ गरेर उनले महिला शिक्षक र छात्राहरूलाई ब्ल्याकमेल गर्ने गर्थे । 

अनुसन्धान टोलीले उनको सेलफोनबाट यस्तै २५ वटा छोटो भिडियो क्लिप पनि बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ