बालेन डी’ओरको प्रारम्भिक सूची सार्वजनिक, बीस वर्षपछि पहिलो पटक अटेनन् रोनाल्डो
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
3.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । विश्व प्रतिष्ठित फुटबल अवार्ड बालेन डी’ओरको प्रारम्भिक सूची सार्वजनिक भएको छ । तर उक्त सूचीको प्रारम्भिक सूचीमा पाँच पटकका विजेता पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो परेनन् ।
रोनाल्डो सन् २००३ पछि पहिलो पटक प्रारम्भिक सूचीमा नपरेका हुन् । युरोपेली क्लब छाडेसँगै उनी प्रतिष्ठित पुरस्कारबाट टाढिएको अनुमान गरिएको छ ।
रोनाल्डो हाल साउदी क्लब अल नासिरबाट व्यवसायीक फुटबल खेलिरहेका छन् ।
को को परे ?
३० खेलाडीको प्रारम्भिक सूचीमा इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर सिटीका मात्रै ७ खेलाडी परेका छन् । जसमा प्रिमियर लिग खेल्ने १२ खेलाडी समावेश छन् ।
सात पटकका बालेन डी’ओर विजेता अर्जेन्टाइन स्टार लियोनल मेस्सी भने समावेश भएका छन् । विश्वकप विजेता मेस्सी आठौँ पटक यो उपाधि जित्नसक्ने सम्भावित खेलाडीको रुपमा हेरिएको छ । मेस्सी अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायीक खेल खेल्दै आएका छन् ।