arrow

सरस्वतीनगरमा गाडी, बोलेरो र दुई मोटरसाइकल ठोक्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
accident-final-1618290232.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३२ को सरस्वतीनगरका चार सवारी ठोक्किएका छन् । प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार गाडी, बोलेरो जीप र दुई मोटरसाइकल ठोक्किएका हुन् । 

एक जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन् । 

प्रत्यक्षदर्शीका अनुसार तीन जना हताहती भएका छन् । एक प्रत्यक्षदर्शीले भनिन्, ‘गाडीले बलेरोलाई हान्यो । बलेरोले बाइक र स्कुटीलाई किच्यो । त्यसमै तीन जना परे ।’

प्रहरी निरीक्षक पुरीले भने तीन जना गम्भीर भएको बताएका छन् । 

बा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पाँच जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ