प्रचण्डका मन्त्रीले भने- राष्ट्रिय सहमतिको सरकार बनाऔँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
968
Shares
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन् ।
मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएकाले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नै गर्नुपर्ने बताए । उनले भने– ‘हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ ।राष्ट्रिय सहमतिको सरकार प्रचण्ड नेतृत्वमै बनाऔँ ’