arrow

राष्ट्रपतिले गरे राजदूत नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
ramchandra-poudel-president-signature.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले उनहरुलाई सोमबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ