arrow

पनौती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० भदौ ५ मंगलबार
students-checkup-2080-05-05.jpg

काभ्रेपलाञ्चोक । प्रारम्भ सामाजिक संस्था ललिपुरको विशेष सहयोगमा काभ्रेपलाञ्चोकको पनौतीमा रहेको पनौती आधारभूत पाठशालामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

संस्थाकी अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीको पहलमा उक्त विद्यालयका २ सय ९५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । 

साथै अमेरिका सियाटल निवासी उनकी छोरी आयशा गिरीले आफू अध्ययनरत विद्यालयका विद्यार्थीको पहलमा व्यक्तिगत खर्च कटाएर केही रकम संकलन गरी औषधि व्यवस्थापनमा सहयोग गरेकी हुन् । 

प्रथम त्रैमासिक परीक्षा सकेर एक हप्ते बिदा दिनुपूर्व  सपद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्य उपचार गर्न तथा आवश्यक सल्लाह दिने उद्देश्यले शिविर संचालन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताए । 

परीक्षण गरिएकामध्ये १ सय ५६ मा आँखा रोग, छालारोग, चोटपटक तथा घाउ पाक्ने, पिसाब तथा किड्नी सम्बन्धी, जिब्रो तथा दन्तरोग सम्बन्धी समस्याको पहिचान  भएको इशान बाल अस्पतालका बालरोग सर्जन डा शिरिष सिलवालले बताए । 

नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक र अध्यक्ष बद्रिराज तिमल्सिनाको समन्वयमा संचालित शिविरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले गरेका थिए । 

१९७२ सालमा पनौती आधारभूत पाठशाला नामले पनौती ७ मा स्थापित १०८ वर्ष पुरानो विद्यालय हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ