प्रदीप दाइको विचार कांग्रेसमा आउने समस्या सहजै समाधान गर्ने आधार बन्छ : गगन थापा [भिडियो]
पहिचानको आधारमा प्रदेशको नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँ
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
1.3k
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे ।
उनले पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व. गिरीको विचार कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले स्व. प्रदीप गिरीको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।