arrow

टाटाको यो वर्षकै ठूलो एक्सचेन्ज क्याम्प नेपालभर

आजदेखि टाटा मोटर्सको नाउ अर नेभर – द ग्रेट एक्सचेन्ज फेस्टिभल नेपालभर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
tata-motors-now-or-never.jpg

काठमाडौँ । चाडपर्व अघि नै चाडपर्व भन्दा धेरै फाईदाहरुका साथ विभिन्न आकर्षक उपहारहरु रहेको सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ ।

यो एक्सचेन्ज क्याम्प आजदेखि भदौ ५ गते सम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा शुरु भएको सिप्रदीले जनाएको छ । 

शुक्रबारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै खानाको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

अहिले नेपाली बजारमा ईभी गाडीहरुप्रति ग्राहकहरुको चासो बढिरहेको छ जसमा टाटा मोटर्सका नयाँ ईभी गाडीप्रतिको रुचि निकै बढ्नुका साथै बिक्री पनि त्यही क्रममा बढिरहेको देखिन्छ । 

प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ । 

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको सिप्रदीले जनाएको छ । 

ग्राहकहरूलाई विभिन्न रिकन्डिसनहरू जानुको झन्झट आवश्यकता पनि पर्दैन । अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्डमार्फत उचित मूल्याङ्कन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरुलाई थप सहजता प्रदान गर्नेछ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाइने सिप्रदीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

उसले गाडी मूल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले स्मार्टवाच पनि जित्न सक्ने जनाएको छ । 

यस्ता छन् सिप्रदीका अन्य प्रमुख आकर्षणहरु विज्ञप्तिअनुसार जस्ताको त्यस्तै–

जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी संग साट्न सकिने व्यवस्था ।

एकै ठाउँबाट तपाईको गाडीको मूल्यांकन ।

न्यूनतम चार लाखको गाडी मूल्यांकन एक्सचेन्ज बोनस ।

एकै ठाउँमा इन्स्योरेन्सको सुविधा ।

८० प्रतिशतसम्म नयाँ गाडी पÞmाइनान्सिङ्गको सुविधा । 

नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार ।

निःशुल्क गाडीको थप एक्सेसोरिज ।

गाडी सम्बन्धि दक्ष द्वारा परामर्श तथा सल्लाह सुझाव ।

यस योजनामा सहभागी भई गाडी खरिद गर्नुहुने ग्राहकहरुले सपरिवार सहित पाँच तारे होटलमा डिनर गर्ने व्यवस्था गरिएको छ ।

शुक्रबारदेखि शुरु गरिएको विशेष एक्सचेन्ज क्याम्पमा सबै ग्राहकवर्गहरुमा दिईएको लिंकमा रेजिस्टर गर्न https://ev.sipradi.com.np/inquiry अथवा नजिकैको टाटा मोटर्स शोरुम पाल्नुभई आफ्ना गाडीलाई टाटा मोटर्स का सर्वाधिक रुचाइएको विद्युतीय गाडीहरुसंग साटेर फाइदा उठाउन हुन आमन्त्रण गरिएको छ ।

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निशुल्क रुपमा सम्पर्क गर्न सकिनेछ वा फोन बाट नी सम्पर्क गरी बुझ्न निशुल्क रुपमा ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्नुहोस् ।

यो कार्यक्रम सिमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरुमा मात्र लागू गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ