एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु [सूचनासहित]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
992
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका लागि मकवानपुरमा जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ ।
मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपालले) सम्झौताअनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहणको प्रक्रिया थालेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवासमेत स्थायी रूपमा अधिग्रहण गरिने जनाएको छ ।
सूचना प्रकाशित भएको २१ दिनभित्र सरोकारवालाहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन पनि सूचनामा उल्लेख गरिएको छ ।
एमसीसी संसदबाट पारित भएसँगै परियोजना संचालनको बाटो खुलेको थियो ।