arrow

भारतको सात करोड अनुदानमा निर्मित विष्णुदेवी विद्यालयको भवन उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
nepal-india-school-2080-04-31.jpg

काठमाडौँ । भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँको चन्द्रागिरीस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष घनश्याम लुइटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुइटेलले संयुक्त रुपमा मंगलबार उद्घाटन गरे । 

कार्यक्रममा चन्द्रागिरी नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीका प्रतिनिधिलगायत अन्यको उपस्थिति रहेको थियो । 

नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब ६ करोड ९० लाख रुपैयाँ लागतमा यस विद्यालय भवनको निर्माण गरिएको हो । 

यस नवनिर्मित संरचनामा दुई ओटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् । यो बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै  प्रभावकारी सिकाइ वातावरण प्रदान गर्नेछ ।

यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी  डलर अन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो । यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने भएको छ ।

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्याएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ