arrow

‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
gold-silver-association-nepal-india.jpg

मुम्बई । भारतको मुम्बईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्बई ‘स्थित मुम्बई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो । 

मेलामा नेपाल सुन चाँदी ब्यवसायी महासंघको ३४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलामा सहभागी हुन जानेहरुको औपचारिकरुपमा बिदाइ गरेका थिए । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका उपाध्यक्ष तथा मेला समितिका संयोजक विपिन रामुदामूको संयोजकत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले मेलामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको थियो । 

त्यस क्रममा मेला आयोजक तथा नेपाली प्रतिनिधिमण्डलबीच विभिन्न चरणमा छलफल तथा विचार विमर्शसमेत भएको थियो । 

सुनचाँदी तथा गरगहना ब्यवसायलाई लक्षित गरी आयोजना गरिएको सो मेला दुई देशवीच ब्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरण गर्न फलदायी भएको संयोजक रामुदामूले बताए । 

उनका अनुसार यस्तो किसिमको मेलामा सहभागी हुँदा विश्व बजारमा भएको प्रविधिको बारेमा नजिकबाट बुझ्न र नयाँ नयाँ प्रविधि तथा सीपको बारेमा जानकारी लिन सजिलो भएको छ ।   

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्यले सुनचाँदी तथा हिरा जवहारातका गरगहनाको खरिद–विक्री, प्रविधि हस्तान्तरण, सीप विकास, बजार ब्यवस्थापन लगायतका क्षेत्रमा यस किसिमको मेला फलदायी हुने गरेको बताए  । यस किसिमको मेलामार्फत दुई देशवीचका ब्यवसायीवीचको सम्वन्ध विस्तार र ब्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको उनको भनाइ छ । 

जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल (जिजेइपिसी) इण्डियाको आयोजनामा भएको सो मेलामा बिश्व भरका सुनचाँदी तथा आधुनिक ब्यवसाय क्षेत्रका पारखी उद्यमी–ब्यवसायीहरु सहभागी थिए । 

जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा सञ्चालित संस्था हो । 

सुन तथा चाँदी लगायत वहुमुल्य धातुका गरगहना सम्बन्धी सवै खालका जानकारी तथा आवश्यकता पूरा गर्न यस क्षेत्रमा आवद्ध ब्यवसायीहरुका लागि मेला फलदायी बन्ने गरेको छ ।

इण्डिया इन्टरनेशनल ज्वेलरी शो प्रत्येक वर्षको दुई पटक आयोजना हुने गर्दछ । महासंघको प्रतिनिधिमण्डल विगत वर्षहरुमा पनि सो मेलामा सहभागी हुँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ