रामपुर (पाल्पा)। दोर्दीखोला लघु जलविद्युत् कम्पनी लिमिटेडले शनिबारदेखि सेयर खुल्ला गरेको छ ।
लमजुङको दोर्दी–१ मा निर्माण हुन लागेको १२ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि कम्पनीले शनिबार रामपुरमा नागरिकसँग छलफल समेत गरेको छ । उक्त आयोजनाको आगामी जेठभित्र निर्माणको ठेक्का सम्झौता गरी काम सुरु गर्ने आयोजनाका कर्मचारी चुडामणी पाण्डेले सो अवसरमा जानकारी दिए ।
दुई अर्ब २९ करोडको लागतमा तीन वर्षभित्र काम सम्पन्न गर्ने उद्देश्यका साथ सो आयोजनाको कार्य अगाडी बढाइएको उनले बताए । उक्त आयोजनाका लागि दोर्दीखोलामा एक सय रोपनी जग्गा खरिद गरिएको बताइएको छ । रासस