स्वीस उद्यमीहरूद्वारा भुटानी व्यवसायीलाई लगानीका अवसर प्रस्तुत
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
1k
Shares
तस्बिर : फाइल
थिम्पु। १६ स्वीस कम्पनीका करिब ३० प्रतिनिधिले भुटानी व्यवसाय र मन्त्रालयका अधिकारीहरूसँगको भेटका क्रममा लगानीका अवसरहरूबारे छलफल गरेका छन्।
स्विस उद्यमीहरूद्वारा गर्भवती महिलाहरूमा प्रसवोत्तर रक्तस्राव रोक्ने अत्याधुनिक स्वास्थ्य उपकरणहरू, रेलवे टनेलहरू निर्माणलगायतका गतिविधिहरूमा संलग्न हुने विभिन्न उपायहरूबारे जानकारी गराइएको छ।
भुटानका लागि स्वीस राजदूत डा राल्फ हेकनरले भने, 'मलाई लाग्छ हिजो र आजको प्रतिनिधिमण्डल पछि मैले विशेष गरी स्वास्थ्य, पूर्वाधार र कृषिका क्षेत्रमा अवसरहरू देखेको छु। ती अवसरहरूलाई मैले यहाँको सबैभन्दा ठूलो सम्भावनाको रूपमा लिएको छु।'
भुटान चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (बीसीसीआई) का अध्यक्ष टन्डी वाङ्चुकले खुसी व्यक्त गर्दै देशमा यस्ता लगानीले आर्थिक स्थायित्व बढाउने भुटान लाइभ रिपोर्ट गरेको छ।
'व्यापार प्रतिनिधिहरूले आज आफ्नो लगानी विचारहरू प्रस्तुत गरेका छन् र धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री र मन्त्रीहरूले पनियी कम्पनीहरूले मुलुकमा लगानी गरे आर्थिक स्थायित्वलाई बलियो बनाउने बताएका छन् ।
बीसीसीआई पनि राम्रोको लागि पर्खिरहेको र त्यसको असर भुटान चेम्बर फर कमर्स एण्ड इन्डस्ट्रीले स्विस एसिया चेम्बर अफ कमर्स र जेनेभा चेम्बर अफ कमर्ससँग मित्रताको प्रतीकका रूपमा दुई वटा समझदारी पत्रमा हस्ताक्षर गरेको द भुटान लाइभले रिपोर्ट गरेको छ।
स्वीस व्यापार प्रतिनिधि मारिका पेच्रले आफ्नो कम्पनीले भुटानलाई पूर्वाधार परियोजनामा सहयोग गर्न चाहेको र विज्ञता र नयाँ प्रविधिका हिसाबले योगदान दिने बताएकी छन्।
'हाम्रो कम्पनीले भुटानलाई स्वीस विशेषज्ञहरूसँग रेल, सुरुङ र सडक जस्ता पूर्वाधार परियोजनाहरू निर्माण गर्न मद्दत गर्न चाहन्छ। भुटानमा सुरक्षित र प्राविधिक रूपमा उन्नत पूर्वाधार निर्माण गर्न विशेषज्ञता र नयाँ प्रविधिहरू ल्याउन,' उनले भनिन्।
अर्का स्वीस व्यापार प्रतिनिधि एलेक्सिस पौलेटले भने, 'दश दिन अघि हामीले भुटानी आमाहरूलाई भविष्यमा मद्दत गर्ने औषधिको लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पायौँ। प्रत्येक वर्ष लगभग ७० हजार महिलाहरू सुत्केरी रक्तस्रावका कारण मर्छन्, र हामी यसलाई रोक्न सक्छौँ।'
उनले भने, 'हामी वास्तवमै स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्न चाहन्छौँ र यो उत्पादन भुटानमा उपलब्ध होस् भन्ने चाहेका छौँ र जसले उनीहरूलाई बच्चा जन्माएर मर्नबाट जोगाउन सकिन्छ।'
सन् २०१९ मा पहिलो पटक भुटान भ्रमण गरेको स्विट्जरल्याण्डका व्यापार प्रतिनिधिहरूको यो दोस्रो भ्रमण हो।