दुई पटक चर बेला परेको महालक्ष्मीको प्रिय दिन कस्तो रहला ?
ज्यो. हरि पन्त,
प्रकाशित २०८० साउन २६ शुक्रबार
814
Shares
आजको पञ्चाङ्ग
मिति २०८० साउन २६ गते शुक्रबार, इस्वीसंवत अगष्ट ११ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिकश्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज अधिकश्रावणकृष्णपक्षको दशमी तिथि बिहानमा ७ः४४ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा रोहिणी बिहानमा ७ः३५ बजेसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्याघात ३३ घटि ४८ पलासम्म त्यसपछि हषर्ण योग लाग्नेछ । करणमा बब अहोरात्र रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।
सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३२ घटि ५९ पला अर्थात १३ घण्टा १३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः३२ बजे विभिषण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ६ः४४ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा १३ः४३ बजे हुनेछ भने चन्द्रअस्त भोलि दिउसो ५ः१७ बजे हुनेछ ।
आजको राशिफल
मेष : समय खराब रहनेछ । आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । सडे गलेको बासी खाना होटलमा नखानुहोला । पिसाव सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।
वृष : समय अत्यन्त शुभ रहनेछ । आज ज्यादै फाइदाको रहेकोछ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका आजै राम्रो हुनेछ । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ ।
मिथुन : समय खराब रहनेछ । गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीको लागि पनि त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । कुनै पनि काम गर्दा सतर्क रहनु आवश्यक छ । आज दिनमा ४ बजे नया“ कामको थालनी गर्दा राम्रो हुने देखिन्छ ।समभर यात्रा नदर्दा नै राम्रो हुनेछ ।
कर्कट : आज पनि समय शुभ छ । स्वास्थ्य पनि भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नया“ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । वृहस्पति ग्रह मजवुत रहेकाले मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । समयको सही सदुपयोग गर्नुहोला । समय शुभ रहेकाले समयको सही उपयोगल र नया“ व्यापार व्यवसायमा लगानी गरे लाभ हासिल हुनेछ, यात्रा भने खराब छ ।
सिंह : समय मध्यम खालको छ । अरुलाई जति राम्रो गर्छु भने पनि जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुने, आफन्त मानिएका व्यक्तिको विरोधले कतिपय कामहरू अधुरो रहनेछन् । जताबाट पनि खर्चमात्रै हुने, यात्रामा समस्या हुने अवस्था रहेको छ सकेसम्म सतर्क रहनुहोला । आज हानी र नोक्सानीबाट मात्रै जोगाउन सकेमा धेरै ठूलो उपलव्धि हुनेछ ।
कन्या : समय खराब रहनेछ । अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासका भावना मनमा उठ्नेछन् । पति-पत्नीबीच मनमुटाव हुन सक्नेछ । आम्दानी भन्दा खर्च बढी हुनाले पारिवारिक तनाव बढ्न सक्नेछ । गरेको कामबाट जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुनेछ, आफन्तले नै कुरा काट्नेछन् भने आजको ४ बजेपछिको समय सुधार भएर आउनेछ । आज यात्रा गर्दा पनि झन्झट हुनेछ ।
तुला : स्वास्थ्य राम्रो रहनेछैन । स्वास्थ्यमा एक्कासी समस्या आउनेछ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ । नयाँ निर्णय, व्यवसायमा लागनी आज नथर्दा नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार-व्यावसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति-पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ । आज ४ बजेपछि भने समय खराब रहने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा सतर्क हुनुहोला । जे काम गर्दा पनि सतर्क हुनुपर्नेछ ।
धनु : समय राम्राे रहनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
मकर : समय खराब छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन निकै सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च गनुपर्नेछ । दिनमा ४ बजेपछि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्न सक्छ ।
कुम्भ : आज समय खराब नै रहनेछ । पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्धाहरूमा निकै सजग रहनुपर्नेछ । प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन् । ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला । दिनमा ४ बनेपछि विवाद तथा मुद्धाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
मीन : केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । सरसापटमा गएको रकमले समेत मनग्गे फाइदा दिनेछ ।
साइत : सूर्य कर्कट राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले दक्षिण र पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला
बिहान ०५ः३२ बजेदेखि ०७ः११ बजेसम्म चर बेला
बिहान ०७ः११ बजेदेखि ०८ः५० बजेसम्म लाभ बेला
बिहान ०८ः५० बजेदेखि १०ः२९ बजेसम्म अमृत बेला
बिहान १०ः२९ बजेदेखि १२ः०८ बजेसम्म काल बेला
दिनमा १२ः०८ बजेदेखि १ः४८ बजेसम्म शुभ बेला
दिनमा १ः४८ बजेदेखि ३ः२७ बजेसम्म रोग बेला
दिनमा ३ः२७ बजेदेखि ५ः०६ बजेसम्म उद्धेग बेला
साँझ ५ः०६ बजेदेखि ६ः४५ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।