arrow

के छ सांसद शर्माको पक्राउ पुर्जीमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
dr-sunil-sharma-single-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिउँसो उनकै निवासबाट पक्राउ गरेको छ । 

शुरुआतमा सीआईबीले पक्राउ पुर्जीबारे जानकारी नदिएको भए पनि पछि भने उनलाई पक्राउ गर्नाको कारणबारे पुर्जी दिएको थियो । 

सो पुर्जीमा लिखत सम्बन्धी कसूरमा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न परेको उल्लेख गरिएको छ ।

लिखतमा भने केही खुलाइएको छैन । विभिन्न सञ्चार माध्यमले विभिन्न अड्कल गरेर समाचार बनाएको भए पनि सांसद शर्मालाई स्पष्ट केही नभनी लिखत सम्बन्धी कसूर भनेर पक्राउ पुर्जी दिइएको उल्लेख छ । 

प्रहरी निरीक्षक गणेशप्रसाद जोशीले पक्राउ पुर्जी जारी गरेका थिए ।

उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । 

डा. शमाले केही दिनदेखि निरन्तर रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बाहिरिएको सुनका मुख्य दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर यसमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ