arrow

करको दर घटाउन महानगरको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
Kiran baral pokhar-13.jpg

पोखरा । पोखरा महागनरपालिकाले चालु वर्षदेखि लागु हुने गरी अत्यधिक कर बढाएको छ । 

आर्थिक ऐन संशोधन गर्दै सम्पत्ति कर, मालपोत तथा भूमिकर अधिक बढाएको हो । 

करको शीर्षकमा दर नबढेपनि मालपोतमा जग्गाको मूल्यांकन बढेका कारण करदाताको ढाड सेकिएको हो ।

करदाताका अनुसार अघिल्लो वर्षको तुलनाका चालु वर्षमा १५ प्रतिशतसम्म कर बढेको छ । 

पोखराले चालु वर्ष आन्तरिक स्रोतबाट २ अर्ब ८७ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ ।

धेरै राजश्व उठाउने नाममा महानगरले अत्यधिक कर लिन थालेपछि वडाध्यक्षहरुले नै विरोध गरेका छन् । 

पोखरा-१३ का वडाध्यक्ष किरण बरालले करको दर घटाउन माग गर्दै महानगरको ध्यानाकर्षण गराए । 

उनले नगदी र सम्पत्ति कर अत्यधिक वृद्धि भएको जनगुनासो आएकाले राजश्व परामर्श समितिको संयोजक समेत रहेकी उपमेयर मञ्जुदेवी गुरुङको ध्यानाकर्षण गराएको बताए ।

‘पोखरा महानगरपालिकाका जनप्रतिनिधिले आफूलाई भन्दा वडाबासीलाई सुन्छन् । वडाबासीको गुनासो सुन्न र समस्याको समाधान खोज्न जनप्रतिनिधि बनेका छौं,’ उनले भने ।

वडाध्यक्ष बरालले भने, ‘आँफूलाई भन्दा अरुलाई सुन्न जनप्रतिनिधि बनेका हौँ । पोखरा-१३ ले आर्थिक ऐन २०८० अनुसार नगदी तथा सम्पतिकर अशुल उपर गर्ने सम्बन्धमा वडाबासीको व्यापक गुनासो आएपछि राजश्व परामर्श समितिको संयोजकलाई गुनासोसहित माग राखियो ।’

वडाध्यक्षहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता गुरुङले जनाएको बरालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ