भयावह बन्दै डेंगी, आठ हजारमा संक्रमण, सातको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
3.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । देशभर डेंगीको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्तसम्म डेंगी संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो ।
यस अवधिमा सात जना डेंगी संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।
यस वर्ष नेपालमा डेंगीका चार वटै सेरोटाइप देखिएको छ ।
सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।