स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा, अमेरिका पेनाल्टी सुटआउटमा चुक्यो
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
785
Shares
काठमाडौँ । स्वीडेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रिक्वार्टरफाइनल खेलमा अमेरिकालाई स्तब्ध पार्दै स्वीडेन अन्तिम आठमा पुगेको हो ।
पेनाल्टी सुटआउटमा अमेरिका ५–४ ले पराजित भएको हो । यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेलमा दुवैतर्फ गोल नभएपछि पेनाल्टीमा निर्णय भएको हो ।
क्वार्टरफाइनलमा स्वीडेनको भिडन्त जापानसँग हुनेछ । जापानले नर्वेलाई ३–१ ले हराएर अन्तिम आठमा ठाउँ सुरक्षित गरेको हो ।