arrow

शताब्दी पुरुषलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
100years-arghakhanchi-2080-04-15.jpg

अर्घाखाँची । पाणिनि गाउँपालिका ६, धातिवाङ्गकै ज्येष्ठ व्यक्तित्व छविलाल पौडेल १०० वर्षमा प्रवेश गरेको सुखद क्षणमा वडा कार्यालय धातिवाङ्गद्वारा शताब्दी नागरिकको रुपमा उनलाई निवासमा गइ सम्मान गरेको छ । 

धातिवाङ्गकै ज्येष्ठ नागरिक छविलाल पौडेलले समाजप्रति पुयाएको योगदानको उच्च सम्मान गर्दै सुस्वास्थ्य, दीर्घायुको कामनासहित शताब्दी जन्मोत्सवको शुभकामना व्यक्त गरेको वडा कार्यालयले जनाएको छ ।

शुभकामना तथा सम्मान कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद पौडेलसहित वडा सदस्य, वडा सचिव, स्वास्थ्य चौकी प्रमुख, स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । 

उनले समाज रूपान्तरणमा देखाएको बाटो अनुशरण गर्दै दीर्घ जीवनको शुभकामना वडा कार्यालयले व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ