arrow

कृषक महिलालाई बाख्रा र बंगुरपालनबारे प्रशिक्षण  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
women-training-2080-04-14.jpg

सर्लाही । बरहथवा ८ टाँडीको भुईया बाबा मुसहर महिला कृषक समूहमा बाख्रा तथा बंगुर पालन सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बरहथवा नगरपािलकाका पशु शाखा प्रमुख अरुण कुमार सिहंले तालिममा सहजीकरण गरेका थिए । तालिममा बाख्राको खोर व्यवस्थापन, रोग तथा आाहारको बारेमा बताएका थिए । 

उनले  बंगुरको सरसफाइ, उचित आहार, रोग तथा परजीवी कीराहरुको रोकथाम, नश्ल सुधार, पाठापाठीको हेरचाहरबारे बताए । टाँडीको मुसहर समूहमा साप नेपालले  १५ वटा बंगुर, १२ वटा बाख्रा र २५ वटा कुखुरा हस्तान्तरण गरेको थियो । मुसहर महिलाहरूलाई आयआर्जन गर्न बाख्रा, बंगुरको साथसाथै प्राविधिक ज्ञान र सीप सिकाउन तालिमको आयोजना गरेको साउथ एसिया पार्टरशिप नेपाल (साप नेपाल) का प्रादेशिक संयोजक जनक कार्कीले बताए । 

सोही अवसरमा साप नेपालले समूहको कोषमा रहने गरी बिमाको शुल्क बुझाउन १५ हजारको बिमा कोष खडा गरेको संयोजक कार्कीले बताए । 

समूहकी अगुवा संझाबती देवी माझीले आफूहरुको जमीन नहुँदा आयआर्जन गर्न नसकेको बताइन् । 

केही दिन अघिमात्र टाँडीमा समूहको बँगुर मान्ती मंडलको घरमा गएपछि २५ सय जरिवाना तिराएको सम्झाबतीले बताइन् । 

मगरी देवी माझीले साप नेपालले सामूीहक रुपमा  बाख्रा  र बंगुर पालन तालिम दिएकाले आयआर्जन गर्न सहज भएको बताइन् । पशु शाखाको कार्यालय बरहथवामा समूहका ३२ जना कृषकहरुलाई तालिम दिइएको फिल्ड सुपरभाइजर रिना विष्टले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ