arrow

दश आतंकवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
Pakistan-police_380.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानी प्रहरीले ठूलो सफलता हात पारेको छ । पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठूलो सफलता हासिल गरेको हो ।

मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए । यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए ।

पञ्जाब प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले पञ्जाबको लाहोर, अट्टक, सरगोधा, गुजरनवाला, मुल्तान र डीजी खान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनका क्रममा यी पक्राउ गरेको हो । 

सीटीडीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ कि पञ्जाब पुलिसले प्रतिबन्धित संगठनहरूसँग सम्बन्धित १० संदिग्ध आतंककारीहरूलाई पक्राउ गरेर चिनियाँ लगायत विदेशी नागरिकहरूमा ठूलो आतंककारी हमलालाई असफल बनाएको छ ।

विज्ञप्तिअनुसार संदिग्ध आतंककारीहरू प्रतिबन्धित संगठन तहरीक तालिबान पाकिस्तान (टीटीपी), दाएश (आईएसआईएस), सिपाह ए सहाबा पाकिस्तान र श्कर झांगवी (एलईजे) सँग सम्बन्धित छन् ।

आतङ्ककारीको साथबाट प्रतिबन्धित सङ्गठनका सामग्रीसहित ६ वटा हातगोला, एक थान आइइडी, ८९३ ग्राम विस्फोटक पदार्थ, सातवटा डेटोनेटर आदि बरामद भएको छ ।

विज्ञप्तिमा भनिएको छ कि आतंककारीहरूले मोहर्रम जुलुसलाई बाधा पुर्‍याउनका साथै प्रान्तका महत्त्वपूर्ण प्रतिष्ठानहरू, धार्मिक स्थलहरू र विदेशी नागरिकहरूलाई निशाना बनाउन खोजेका थिए । 

शंकास्पद व्यक्तिहरुलाई सोधपुछका लागि अज्ञात स्थानमा लगिएको छ । यसैबीच पञ्जाब प्रहरीले सामाजिक सञ्जालमा घृणित सामग्री साझा गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।

उनीहरुले सामाजिक सञ्जालमा घृणित सामग्री शेयर गरेर साम्प्रदायिक अराजकता फैलाउन चाहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ