arrow

सीले विदेश मन्त्रीबाट काङलाई हटाए, वाङलाई ल्याए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
xin-kang-china.jpg

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेश मन्त्री छिन काङलाई पदबाट बर्खास्त भएका छन् । झण्डै एक महिनादेखि सार्वजनिक स्थानमा देखिन छाडेका उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन ।

सी निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ। अब विदेशमन्त्रीको वाङ यीले पाउने छन् ।

नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक विदेश मन्त्री बनेका हुन् । 

उनी यसअघि सन् २०१३ देखि २०२२ को डिसेम्बरसम्म विदेश मन्त्री थिए । 

गत डिसेम्बरमा वाङपछि काङले नै विदेश मन्त्रालय सम्हालेका थिए ।

५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत थिए । छोटो समयमै हटाइनुलाई भने विभिन्न शंकाबीच हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ