arrow

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
tata-motors-genuine-parts-sipraid.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी कम्पनीले ग्राहकहरुको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ। हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकहरूमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटसर्को संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरूको मूल्य समायोजन गरिएको हो। अब ग्राहकहरूले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरूप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो। अब टाटा कमर्सियल गाडीका ग्राहकहरूले सिप्रदीका वर्कसपहरूमा अनुभवी तथा दक्ष प्रविधिहरूबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिंगको फाइदा उठाउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यस मूल्य समायोजन पश्चात् ग्राहकहरूको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

समायोजित मूल्य यही मिति २०८० श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ।

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० किमीसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको छ। अन्य सेवाहरू तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

सिप्रदीका बारेमा
देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ। ४१ वर्ष देखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ। अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तिय सेवाहरू तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाइरहेको छ।

सन् १९८२ देखि टाटा मोटर्स्को एक मात्र बिक्रेता सिप्रदी टेड्रिङ्ग आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो। सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल रहेको छ। टाटा मोर्टर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीहरूको बिक्री वितरण गर्न सिप्रदीको नेपालभर २७ वटा बिक्री कार्यालयहरू र ५३ वटा सर्भिस सेन्टरहरू रहेका छन्। साथै देशभर २६९ वटा स्पेयर आउट लेटहरू रहेका छन्। सिप्रदी एक्साइड ब्याट्री, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ