रवि लामिछानेको स्पष्टीकरण – सेनाको संख्या घटाउन कहीँ कतै भनेको छैन
हाम्रा कुरा
प्रकाशित २०८० साउन ६ शनिबार
1.3k
Shares
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् । विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेतालेसमेत बोलेका छैनन् भने ।
उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भने । अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए ।
उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य शुरु हुने जानकारी दिए ।