arrow

नेपालभर रहेका टाटा मोटर्स शोरूमहरुमा मनसुन म्याजिक एक्सचेन्ज क्याम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
Monsoon Magic-Portrait.jpeg

काठमाडौँ । नेपाली बजारमा ईभी गाडीहरुप्रति ग्राहकको चासो बढिरहेको अवस्थामा सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा ‘मनसुन म्याजिक’ एक्सचेन्ज क्याम्प हुने भएको छ । 

तुलनात्मक रुपमा ईभी गाडीहरुको बिक्री पनि त्यही क्रममा बढिरहेका बेला सिप्रदीले यही साउन ८ गते सोमबारदेखि सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा मनसुन म्याजिक एक्सचेन्ज क्याम्प शुरु गर्न लागेको हो । 

प्रदूषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडीसँग साट्ने क्रम बढिरहँदा ग्राहकको अनुरोध र मागलाई ध्यानमा राखेर यो म्याजिक क्याम्प शुरु गर्न लागेको सिप्रदीले जनाएको छ । 

उक्त कार्यक्रमका प्रमुख विशेषताहरुमा जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन ईभीसँग साट्न सकिने व्यवस्था, एकै ठाउँबाट गाडीको मूल्यांकन, न्यूनतम चार लाखको गाडी मूल्यांकन, एकै ठाउँमा इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङ्गको सुविधा, गाडी सम्बन्धी दक्षद्वारा परामर्श तथा सल्लाह सुझाव, नयाँ गाडीको बुकिंग तथा मूल्यांकनसँगै आकर्षक उपहार र निःशुल्क गाडीको थप एक्सेसोरिज रहेका छन् । 

साउन ८ देखि एक हप्तासम्म काठमाडौँलगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा यो क्याम्प हुने सिप्रदीले जनाएको छ । 

रजिष्टर गर्न पनि सिप्रदीले ग्राहकलाई लिंक दिएको छ । https://tatacars.sipradi.com.np/inquiry

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुममा इन्स्योरेन्स सुविधा, बैंकिंग सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागीता हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ