arrow

मोदीको निमन्त्रणामा श्रीलंकाका राष्ट्रपति भारतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
Ranil Wickremesinghe sri lanka.jpg

काठमाडौं । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे भारतको दुईदिने औपचारिक भ्रमणका क्रममा छन् । उनी बिहीबार दिल्ली आइपुगेका हुन् । 

भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिङ्घेलाई विमानस्थलमा स्वागत गरेका थिए । 

श्रीलंकाका राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा कलाकारले गुजराती नृत्यको एक रूप (गरबा) प्रदर्शन गरेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति विक्रमासिङ्घे भारतको औपचारिक भ्रमणमा आएका हुन् । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विक्रमासिङ्घेको भ्रमणले भारत र श्रीलंकाबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउने बताएका छन् ।
 
विक्रमासिङ्घेले पदभार ग्रहण गरेयता उनको यो पहिलो भारत भ्रमण हो । 

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति विक्रमासिङ्घेले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य भारतीय विशिष्ट व्यक्तिसँग पारस्परिक हितका विविध विषयमा छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ