बाख्रा खान थालेपछि धपाउन गएकालाई बाघले गर्यो आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
865
Shares
काठमाडौं । बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका-३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका-३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन् ।
निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट घाइते उनहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ ।