arrow

जानकी मन्दिरसँग जोडिएको मस्जिद हटाउन अभियानको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
janakpur-yekata-abayan-meet.jpg

जनकपुर। राष्ट्रिय एकता अभियान धनुषा शाखाले शनिवार जनकपुरमा ‘सङ्घीय हिन्दु गणतन्त्र नेपालका लागि विचार गोष्ठी’ को आयोजना गरेको छ। गोष्ठीमा नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा व्यापक छलफल भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिका संयोजक विनय यादवले नेपाललाई सङ्घीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न माग गरे।धर्मनिरपेक्ष संविधानमा मुस्लिम आयोग को आवश्यकता नरकोले तत्काल खारेज गर्न वा हिन्दु, बौद्ध, किरात धर्मका लागी पनि आयोग को बेबस्ता गर्नु पर्ने माग राख्नु भयो। यादवले जनकपुर स्थित जानकी मन्दिर सम्पूर्ण नेपालीहरूको भावना सँग जोड़ियेको र विश्व सम्पदा रहेको हुनाले षड्यन्त्र पूर्वक ढङ्गले जानकी मन्दिर सँग जोडिएर बांयेको मस्जिद हटाउनु पर्ने जोड दिए।

विदेशी डलरको लालचमा फसेका बिचौलिया नेताहरूले सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्षता कायम गरेको उनको आरोप छ। ‘हामी सङ्घीयता विरोधी होइनौँ तर सङ्घीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनै पनि हालतमा स्वीकार्य छैन’ यादवले भने–‘हामी लोकतन्त्र पक्षधर भएकाले सङ्घीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी राख्छौँ।’

तुस्टीकरण राजनीतिले हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथि प्रहार गर्ने मात्र नभई मुलुकलाई भ्रष्टाचारको अखडा बनाइएकोमा समेत यादवले चिन्ता व्यक्त गरे। कार्यक्रममा अव हिन्दु राष्ट्रका लागि मात्र नभई देशलाई भ्रष्टाचार र भ्रष्ट मुक्त बनाउने दायित्व पनि काँधमा बोक्नु पर्ने विचार व्यक्त गरिएको थियो।

कार्यक्रममा अभियानकी वन्दना पाण्डेय, डा. वीरेन्द्रप्रसाद यादव, मुरलीमनोहर मिश्र लगायतका वक्ताहरूले आफ्नो विचार व्यक्त गरेका थिए। अभियानका धनुषा संयोजक मनीष पूर्वेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विकास झा र रवि साहले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ