रास्वपा सभापतिले सोधे मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन ल्याइएन ?
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
1.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले आफूहरु मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए ।
उनले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गरे । कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गरेका उनले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरे ।