arrow

गैरकानूनी धर्म परिवर्तन गराउने शिविर बन्द गर्न धनुषाका सीडीओको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
against-religion-swift-2080-03-28.jpg

जनकपुर । राष्ट्रिय एकता अभियानमा आवद्ध युवाहरुको समूहले धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापन पत्र बुझाउँदै गैरकानूनी धर्म परिवर्तन रोक्न ध्यानाकर्षण गराएको छ ।

बहुसंख्यक हिन्दू जनसंख्या भएको देशमा ईसाई मिसनरीहरूद्वारा पैसा र प्रलोभन देखाएर धर्मपरिवर्तनका घटना बढिरहेकोले त्यसलाई रोक्न ज्ञापन पत्रमा माग गरिएको छ।

नेपालको संविधान र कानूनको ठाडो उल्लङ्घन गर्दै धनुषाका गाउँगाउँमा धर्मान्तरण शिविरहरू सञ्चालन भइरहेको र ती शिविरहरु निर्वाध रुपमा सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता कृयाकलाप हिन्दू समुदायको अधिकार विपरीत भएको ज्ञापन पत्रमा जनाइएको छ।

यसरी गैरकानूनी रुपमा भइरहेको धर्म परिवर्तनलाई तत्काल रोक्न र धर्मान्तरण शिविरहरू बन्द गर्न आग्रह गर्दै अन्यथा त्यस्ता शिविरहरू रोक्न उपयुक्त कदम चालिने चेतावनीसमेत दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ