arrow

सैन्य सम्बन्ध विस्तारमा मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
modi-macron-meet-2022.jpg

काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको दुई दिने भ्रमणमा छन् । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आज आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने उनको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुनेछ । 

कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय हिन्दू राष्ट्रवादी नेता मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै उनलाई ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान दिएपछि हुन भएको यो भ्रमणमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको हार्दिक स्वागतसँगै नयाँदिल्ली र पेरिसबीच नयाँ रक्षा सम्झौताबारे छलफल हुनेछ । 

युक्रेनमा युद्ध र भारतमा मानवअधिकारको विषयमा मतभेद भए पनि दुवै देशले चीनसम्बन्धी आपसी चासोका कारण पारस्परिक सम्बन्धलाई अझ गहिरो बनाउनेमा विमति हुँदैन ।

भारत हिन्द-प्रशान्त रणनीतिको एक सबल स्तम्भ भएको राष्ट्रपति म्याक्रोनका एक सहयोगीले भनेका छन् । प्रधानमन्त्री मोदीलाई फ्रान्सेली राष्ट्रपतिले आज हुने राष्ट्रिय दिवसको सैन्य परेडमा विशेष अतिथि बनाएका छन् । परेडमा भारतीय सेना र भारतीय-फ्रान्स-निर्मित लडाकु विमान पनि सहभागी हुँदैछन् जसले दुई देशबीचको घनिष्ठ सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्छ । 

भारत फ्रान्सेली हतियारको सबैभन्दा ठूलो खरिदकर्ताहरू मध्ये एक हो । प्रधानमन्त्री मोदीले सन् २०१५ मा पेरिस भ्रमणका क्रममा चार अर्ब २५ करोड अमेरिकी डलर बराबरका ३६ वटा राफेल लडाकु विमानका लागि ऐतिहासिक सम्झौताको घोषणा गरेका थिए  यो भ्रमणमा पनि उनले अत्याधुनिक विमानका थप २६ समुद्री संस्करणको खरिदका साथै तीन स्कर्पेन क्लास पनडुब्बीका लागि सम्झौताको तयारी गरेको हिन्दुस्तान टाइम्स दैनिकले जनाएको छ । 

सन् २०१७ मा म्याक्रोन सत्तामा आएदेखि मोदीले चार पटक फ्रान्सको भ्रमण गरिसकेका छन्  भने राष्ट्रपति म्याक्रोनलाई २०१८ मा नयाँदिल्लीमा राजकीय सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ