प्रधानमन्त्री पत्नी सीताको निधनप्रति बंगलादेशकी प्रधानमन्त्रीबाट दुःख व्यक्त
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
777
Shares
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेकी छिन् ।
दाहालको निधनमा दुःख व्यक्त गर्दै उनले प्रधानमन्त्री दाहालको परिवारलाई समवेदना सन्देश पठाएकी हुन्। नेपालका लागि बंगलादेशी राजदूतले बिहीबार प्रधानमन्त्री दाहालको परिवारलाई भेटेर बंगलादेशकी प्रधानमन्त्री हसिनाले पठाएको शोक सन्देश बुझाएका थिए।