arrow

सात स्थानको राजदूत नियुक्ति छिट्टै हुने परराष्ट्र मन्त्री साउदको भनाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
np-saud-2080-03-27.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताए । ।

उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए । राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उनँले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए । 

मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिवद्धता व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ