पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्रीलाई गहिरो समवेदना : ओली
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
723
Shares
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनमा दुःख व्यक्त गरेका छन् । आज ट्वीट गर्दै अध्यक्ष ओलीले दुख व्यक्त गरेका हुन् ।
पत्नी वियोगमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिँदै ओलीले लेखेका छन्,' सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।'
प्रचण्डकी जीवन सङ्गिनी सीताको आज बिहान निधन भएको थियो ।